आन्तरिक झगडा चर्किँदै गएको बेला देउवासँग लामो भलाकुसारी

८ मंसिर- काठमाडौं-सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०भित्र कहल चर्किरहेका बेला प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गरेको छलफललाई अर्थपूर्ण रुपमा लिइएको छ। ओलीको निम्तोमा शनिबार अपरान्ह बालुवाटार छिरेका देउवा तीनघन्टा लामो भलाकुसारी गरेका थिए। रिक्त रहेका संवैधानिक आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्री ओलीले सभापति देउवालाई बालुवाटार बोलाएको भनिए पनि भेटमा अरु राजनीतिक कुरा नै बढी भएको स्रोत बताउँछ। ओली र देउवाबीचको यो भेटवार्तालाई दुवै दलभित्र महत्वका साथ हेरिएको छ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले पार्टीभित्र चर्किएको कलहले जटिल मोड लिएको प्रसंग निकाल्दै सहकार्य गर्नुपर्ने अवस्था आउनसक्‍ने संकेत गरेका थिए। देउवाले ओलीको प्रस्तावबारे पार्टीका साथीहरूसँग सल्लाह गरेर जबाफ दिने बताएका थिए। तर यसबारेमा दुवैतिरका नेताहरूले स्वतन्‍त्र पुष्टि गर्न चाहेका छैनन्। पार्टीभित्रबाट घेराबन्दीमा परेर अप्ठ्यारोमा परेका बेला यसअघि पनि ओलीले देउवालाई पटकपटक बालुवाटार बोलाएर छलफल गरेका गरेका छन्। देउवा र ओलीबीच के कुराकानी भयो भन्‍ने बारेमा दुवै नेताले पार्टीलाई औपचारिक ब्रिफिङ गरेका छैनन्। अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र माधव नेपालहरूले आफूविरुद्ध कुनै प्रकारको राजनीतिक कदम चाले त्यसलाई सामना गर्ने रणनीतिअनुसार ओलीले देउवासँग पनि सहकार्यको प्रस्ताव गरेको स्रोतको दाबी छ।

कांग्रेस नेता मिनेन्द्र रिजाल ओली र प्रधानमन्‍त्रीबीचको भेटवार्ताबारे आफूलाई खासै जानकारी नभएको बताउँछन्। अन्‍नपूर्ण अनलाइनसँग रिजालले भने, ुप्रधानमन्‍त्रीले बोलाएपछि प्रमुख प्रतिपक्ष दलका नेताले भेट्नु र कुराकानी हुनु स्वभाविक भएको हो। तर आन्तरिक झगडा चर्किँदैमा नेकपा फुट्छ भनेर अहिले नै सोच बनाउनु र त्यही अनुसार रणनीति बनाउनु कांग्रेसको मूर्खता हुन्छ। कम्युनिस्टहरूको यो लफडमा कांग्रेस अल्झिनु हुँदैन। बरु महाधिवेशनको तयारीमा लाग्‍नुपर्छ।ु कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले पनि आइतबार अपरान्ह ट्‌वीट गर्दै पाँच वर्ष कांग्रेसलाई प्रतिपक्षमा बस्‍ने जनादेश प्राप्त भएको र सरकारमा नजाने स्पस्ट पारेका छन्।

lekbesi

कात्तिक २८ गते सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले ओलीमाथि गम्भीर आरोप लगाउँदै १९ पेजको प्रस्ताव दर्ता गरेपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको हो। प्रचण्डले उठान गरेका विषयलाई एकएक जबाफ दिदै काउन्टर प्रस्ताव दर्ता गर्ने तयारीमा प्रधानमन्‍त्रीको टिम लागेको छ। मंसिर १३ गते बस्ने सचिवालय बैठकमा ओलीले प्रचण्डलाई लिखित जबाफ दिनेछन्।