surkhet

गाउँपालिका स्तरिय खुला परूष भलिबल प्रतियोगिताको उद्घाटन

surkhet

१३ मंसिर,काठमाडौं- चर्चित स्मृति युवा क्लब रामारोशन गाउँ पालिका वडा न ७ को आयोजना सुरु भएको गाउँ पालिका स्तरिय खुला भलिबल प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न भएको छ। चर्चित स्मृति युवा क्लब का अध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य राम बहादुर बिष्ट रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिष्टले खेलकुदमा लगानी र खेलाडीको विकास भयो भने राष्ट्र को प्रतिष्ठा उच्च हुनु बताउनु भएको छ। खेलाडीले खेल मनोरञ्जन लागि मात्र नभएर समाजको र देशको गौरव लाई बढवा दिने गरि खेल खेल्नु पर्ने पनि बताउनु भएको छ। यसका लागि आफूले सक्ने सहयोग गर्ने पनि उहाँले बचन व्यक्त गर्नु भएको छ साथै उहाँले बाढी पहिरो बाट क्षेति ग्रस्त रामारोशनको पुन निर्माण र विकासका लागि सरकार गम्भीर ध्यानाकर्षण गराउने समेत बताउनु भएको छ।

Gorkha

कार्यक्रममा बिशेष्ट अतिथिको आसन बाट बोल्दै रामारोशन गाउँ पालिका अध्यक्ष झंकर साउदले रामारोशनको खेलकुदको विकास का लागि आफू र आफ्नो सरकार लागि रहेको बताउनु भएको छ । साथै उहाँले निकट दिनमा रामारोशनको खेल जगतलाई अगाडि बढाउन उपयुक्त समय र ठाउँमा अध्यक्ष कप प्रतियोगिता गरिने बताउनु भएको छ।

Dailekh

कार्यक्रममा अर्का बिशेष्ट अतिथि नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावलले रामारोशन क्षेत्रमा भलिबल खेल मात्र नभएर थुप्रै खेलको सम्भावना रहेकाले यसमा राज्यले लगानी बढाउनुपर्ने मा जोड दिनु भएको छ।

कार्यक्रम वडा न ७ का अध्यक्ष खडक भण्डारी नेपाली कांग्रेस अछामका पुर्व जिल्ला सचिव राम बहादुर शाही नेपाल कम्युनिस्ट पाटीका जिल्ला सचिवालय सदस्य खकेन्द्र मानसिं जिल्ला सदस्य ललिता बुढा नन्दलाल भण्डारी नेकपा प्रतिनिधि बिर्ख भण्डारी कांग्रेस प्रतिनिधि चन्द विक नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण विक कांग्रेस युवा नेता पुष्प बिष्ट दल बहादुर साउद विन्देश्वरी माविका प्रअ कुल बहादुर भण्डारी अनेरास्ववियु का डम्बर अयडि चन्द्र भण्डारी लगायतको सहभागी ता रहेको कार्यक्रम को स्वागत मन्तव्य चित्र भण्डारीले गर्नु भएको थियोे भने सन्चालन नवीन भण्डारीले गर्नुभएको थियो । ३ दिन सम्म सन्चालन हुने खेलमा १८ वटा टिमको सहभागीता रहेको छ।

salyan