Gold

अमेरिकामा बालयौन शोषण अभियोगमा नेपाली युवा पक्राउ

बैशाख १९

Naumule Migrate

काठमान्डौ – अमेरिकाको नर्थ क्यारोलिना निवासी २० वर्षीय प्रसन नेपालविरुद्ध विश्वव्यापी बाल यौन शोषण नेटवर्क चलाएर हिंसात्मक अनलाइन सञ्जाल सञ्चालन गरेको अभियोगमा पक्राउ परेपछि अहिलेसम्मकै सबैभन्दा जघन्य अनलाइन बाल शोषण उद्यमहरूमध्ये एक सञ्चालन गरेको अभियोग लगाइएको छ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले विज्ञप्ति जारी गर्दै ‘टिप्पी’ उपनामले चिनिने २० वर्षीय प्रसान नेपाललाई पक्राउ गरेको उल्लेख गरेको छ। नेपालसँगै २१ वर्षीय लियोनिडास वारागियानिसलाई पनि पक्राउ गरिएको छ।

उनीहरूविरुद्धको अभियोग प्रमाणित भएमा उनीहरूले आफ्नो बाँकी जीवन जेलमा बिताउने डिपार्टमेन्ट अफ जस्टिसको वक्तव्यमा उल्लेख छ।
उनीहरूले अनलाइनमा कमजोर बालबालिकाहरूलाई लक्षित गर्दै उनीहरूलाई उक्साएर र धम्क्याएर अश्लील सामग्रीहरू उत्पादन गर्न बाध्य पारेको अभियोग लगाइएको छ।

केही सामग्री १३ वर्षमुनिका बालबालिकाहरूको समेत रहेको जनाइएको छ। उनीहरूले कम्तीमा ८ नाबालिगको शोषण गरेको अभियोग लगाइएको छ।

Naumule Badhipahiro