surkhet

कर्णाली प्रदेश सुर्खेतमा पनि सल्बलाए राजावादी ,

surkhet

मङ्सिर १९ ,काठमान्डौ – कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमापनि राजावादीहरुले प्रदर्शन गरेका छन्।

पछिल्लो समय देशका विभिन्न ठाँउमा प्रदर्शन गर्दै आईरहेका उनीहरुले हिजो १८ गते सुर्खेतमा प्रदर्शन गरेका हुन्।

राजसंस्था र हिन्दुरास्ट्रको पुनर्स्थापानको माग गर्दै सुर्खेतको कालिञ्चोकबाट र्याली निकालेर उनीहरुले बजार परिक्रमा गरेका छन्।

Dailekh

हातमा नेपालको झण्डा बोकेर ,गाडीमा राजा रानीको तस्विर राखेर रातो र चन्द्र सुर्य जंगी निसाना हाम्रो बोलको गितले उनीहरुले राजा औ देश बचाउ ,संघिय गणतन्त्र मुर्दाबादको नारा समेत लगाएका छन्।

अहिले देशैभरि कोरोना महामारीका कारण सभा ,सम्मेलन ,गोष्ठी ,हुल ,जुलुस निकाल्न बन्देज छ।

Gorkha

देशका मुख्य सहर धनगढी, जनकपुर, बुटवल, पोखरा, विराटनगरमा फरक–फरक ब्यानरमा समेत उनीहरुले प्रदर्शन गरेका छन्।

तेस्तै भोलि २० गते ११ बजे माईतिघर मण्डलामा पनि राजावादीहरुले प्रदर्शन गर्ने पोस्टर सार्वजानिक भएको छ।

काठमाडौंमा जेठ महिनामै राजनीतिक व्यवस्थाविरुद्ध तथा हिन्दू राष्ट्रको माग गर्दै प्रदर्शन भएको थियो।

कहिले कहाँ प्रदर्शन ?
कात्तिक २५ काठमाडौं,
कात्तिक २७ विराटनगर,
मसिर ४ धनगढी,
मंसिर १० जनकपुर र पोखरा,
मंसिर १७ गते,डडेल्धुरा
मङ्सिर १८ ,सुर्खेत ,

 

salyan