वेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलको विवाह ,,

जेठ ५ ,,विन्डसोर – बेलायतका राजकुमार ह्यारीले र अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह भयको छ । राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टलमा आयोजना गरिएको वैवाहिक समारोहलाई विश्वभरीबाट चासोका साथ हेरिएको छ ।

विवाह समारोहमा एक लाखलाई निम्ता गरियको छ र सो भन्दा बढी आउने अनुमान गरियको छ । यसलाई एउटा ऐतिहासिक घटनाको रुपमा लिइएको छ ।

विवाहको खुशीयालीमा देशभरी चियापान कार्यक्रमको आयोजना गरिएको समाचारमा जनाइएको छ ।

lekbesi

तेत्तीस वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कल सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।

राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिकरुपमा देखा परेका थिए ।

अमेरिकी टेलिभिजनको टेलिश्रृखंलामा काम गर्दा चर्चित भएकी मार्कल परोपकारी कार्यमा पनि संलग्न छिन ।