अमरिकामा पनि कोरोनविरुद्द खोप फाइजरको आपतकालीन प्रयोग हुने ,

मङ्सिर २७ काठमान्डौ – अमेरिकाले फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले कोभिड–१९ विरुद्ध पहिलो खोपलाई आपत्कालिन प्रयोगका लागि अनुमति दिएको हो ।

अब केहिदिनमानै खोप वितरण हुने समाचार संस्था रोयटर्सले बताएको छ। कोरोनाभाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी पाइएको फाइजर र बायोएनटेकले निर्माण गरेको खोपलाई केही दिनभित्रै देशभर ढुवानी गरिनेछ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी र जोखिम समूहमा रहेकालाई कोरोना खोप दिइने बताइएको छ । अमेरिकामा कोरोनाविरुद्दको खोप प्रयोगमा आउन थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडियो सन्देश जारीगर्दै २४ घन्टामा खोप प्रयोगमा आउने बताएका छन्।

तेस्तै उनले यो खोपले ९५ प्रतिशत काम गर्नेपनि उनले बताए। हामीले केवल ९ महिनामा सुरक्षित र प्रभावकारी भ्याक्सिन ल्याएका छौं,’ उनले भने,‘ यो विश्वका महान् वैज्ञानिक उपलब्धिमध्ये एक हो ।

यसले दशौं लाखको ज्यान जोगाउनेछ र चाडैं सदाका लागि महामारी अन्त्य गर्नेछ । तेस्तै ट्रम्पले सबै अमेरिकी नागरिक कोरोना खोप नि:शुल्क रुपमा वितरण गरिने बताएका छन् ।

खोप दिने प्रक्रिया शुरु गर्न अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को सल्लाहकार समितिले मतदानमार्फत् सिफारिस गर्नुपर्नेछ । त्यसपछि सीडीसीले उक्त सिफारिसलाई स्वीकार गरेपछि मात्र खोप कार्यक्रम शुरु गर्न पाइनेछ ।

अमरिकामा केहि हप्ताभित्र २ करोड मानिसलाई खोप लगाईने लक्ष्य लिईएको छ ,अहिले सम्म अमेरिकामा कोरोनाबाट ३ लाखको ज्यान गईसकेको छ। यसअघि बेलायतले फाइजरको कोरोना खोप प्रयोगमा ल्याइसकेको छ भने अन्य देशले पनि आपतकालीनको लागि अनुमति मागेका छन्।