Gold
Bangad salyan

बालबालिकालाई सुनका गर गहना नलगाईदिन आग्रह ,

Salyan

मङ्सिर २७ ,काठमान्डौ – रसुवा प्रहरीले स्कुले बालबालिकालाई सुनका गर गहना नलगाइदिन आग्रह गरेको छ। सुनका गहना लगाएकै कारण कालिका गाउँपालिका १ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी ६ वर्षकी बालिका सुमिना तामाङकोको गत २१ गते ज्यान गएको छ।

बालिकाले कानमा लगाएको सुन जम्मा १० हजारको थियो ,ग्राङ प्राथमिक विद्यालयको कक्षा १ मा अध्यनरत गर्दै गरेकी ति बालिकालाई विद्यालयबाट फर्किदै गर्दा अपरिचित ब्याक्तिबाट अपहरानमा परेकी थीइन।

कानमा लगाएको सुनको मुद्रा देखेपछि चाउचाउको प्रलोभनमा पारेर फकाई फुलाई नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका ५ घर भएकी १९ वर्षे सपना तामाङले अपहरण गरी गाउँभन्दा पर नागर्दुङ ओढारमा लगि बालिका मारेर स्याउलाले छोपी कानमा लगाएको सुन लिई भागेको प्रारम्भिक बयानबाट खुल्न आएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिए ।

सपना तामाङलाई स्थानीय बासिन्दाको सहयोगमा कालिकास्थान प्रहरीले धैबुङ घुम्ती बजारबाट २२ गतेनै नियन्त्रणमा लिएको छ ।

सुनकै कारण बालबालिकाको अपहरणपछि हत्या हुन थालेपछि यस्ता घटना रोक्नको लागि यो निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले रंग दर्पणलाई बताए।

सकभर अभिभावकलेनै बालबालिकालाई विद्यालय सम्म पुर्याउने र घर सम्म ल्याउने गर्न पनि उनले आग्रह गरेका छन् भने अपरिचित ब्यातिले दिएको बिस्कुट ,चाचाउ वा अन्य कुनै खानेकुरा बालबालिकालाई खान नदिन पनि सुझाईएको छ ।

तेस्तै यो अभियान कोरोना महामारीको अन्त्य हुनासाथ सामुदायिक प्रहरी साझेदारीअन्तर्गत विद्यालयस्तरीय सचेतना कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भएको प्रनाउ सुवेदीले जानकारी दिए ।