मनोमानी विद्यालय खोल्दा सुर्खेत गुर्भाकोट लगायतका विद्यालयमा कोरोना संक्रमण बढ्यो ,

मङ्सिर २८ ,सुर्खेत – सुर्खेतका एकै विद्यालयका ११ जना सहित १७ जनामा कोभिड १९ को संक्रमण फेला परेको छ। कर्णाली प्रदेशमा मनोमानी ढंगले विद्यालय खोल्दा कोरोना संक्रमणको जोखि बढेको हो।

प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमाथि कोरोना संक्रमण फेला परेको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बताए।

संक्रमित सबै होम आईसोलेसनमा रहेको उनले बताए। तेस्तै सुर्खेतको पञ्चपुरी नगरपालिकाको सुर्यप्रकाश माद्यामिक विद्यालय, पलैटेका ११ जना शिक्षकमा कोरोना संक्रमण देखिएको नगर स्वास्थ्य शाखा प्रमुख गंगादेव पुरीले बताए । तेसैगरी विद्याज्योती माद्यामिक विद्यालय बाबियाचौरका दुईजना शिक्षकमा पनि संक्रमण देखिएको हो ।

यस्तै सुर्खेत गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका २ जना र जनसेवा आधारभुत विद्यालयका १ जना शिक्षकमा कोरोना संक्रमण देखिएको हो । नगर शिक्षा प्रमुख पदम विकका अनुसार शिक्षकहरुमा कोरोना संक्रमणसंग मिल्दाजुल्दा लक्षण देखिएपछि स्वव संकलन गरिएको थियो।

सुर्खेत वीरेन्द्रनगरका एक शिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ ,उनको थप विवरण आउन बाँकी रहेको छ। सुर्खेतका विभिन्न नगरपालिका गाँउपालिकामा मङ्सिर पहिलो साताबाट विद्यालय खोल्न थालेका छन्। विद्यालयमा धमाधम कोरोन असम्क्रमण देखिन थालेपछि अर्को सुचनाको जानकारी नआएसम्म विद्यालय बन्द गरिएको हो।