राष्ट्रपति भण्डारी र चिनियाँ राजदूतबीच भेटवार्ता

पुष ८ ,काठमान्डौ – चिनियाँ राजदूत होउ यान्छीले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन्। प्रतिनिधिसभा भंग र नेकपामा विभाजन देखिएको पछिल्लो राजनीतिक अवस्थामा होउ साँझ ६ बजे शीतल निवास पुगेकी थिइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति भण्डारीले संसद विघटन गरेकी थिइन्। पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै राजदूत होउ शीतल निवास पुग्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ।