मन्त्रिपरिषद् पुनर्गठन गर्दै केपी ओली ,

पुष १० ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दैछन्। अहिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुई समूह बनेको छ ,जसमा पाँच मन्त्रीले राजीनामा दिएका थिए ।

रिक्त रहेका पदमा केपी ओलीले मन्त्रि थप्न लागेका हुन्। हिजोमात्र केपी ओलीले केन्द्रिय कमिटि बैठकमा प्रदेश अनुसार जिम्मेवारी तोकेका थिए ,ति ब्याक्तिहरुलाई मन्त्रि बनाउन लागिएको वालुवाटार श्रोतको दाबि छ ।

स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तार हुँदा प्रभु साह श्रम, मणि थापा पर्यटन, टोपबहादुर रायमाझी ऊर्जा, दावा तामाङ शिक्षा र गौरीशंकर चौधरीले खानेपानी मन्त्रालको जिम्मेवारी पाउने छन् ।

केही बेरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा नयाँ मन्त्रिलाई पद तथा गोपनीयताको शपथ गराउने बताईएको छ ।