पठाओ कार्यालय वानेश्वरमा तोड्फोड,
पुष १३, काठमाडौ – काठमान्डौको वानेश्वरमा रहेको पठाओ कार्यालयमा तोडफोड भ एको छ। पठाओका असन्तुष्ट चालकहरूलेनै कम्पनीको कार्यालयमा तोडफोड गरेको प्रहरीले बताएको छ ,तोडफोड गर्ने केहि युवाहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ।
उनीहरुले कम्पनीलाई कमिसन घटाउन माग गर्दै गत सोमबार ज्ञापनपत्र बुझाएका थिए। कम्पनीले हाल राइडरबाट २० प्रतिशत लिईरहेको छ ,उनीहरुले ८ प्रतिशतमात्र बुझाउने भन्दै कम्पनीको ध्यानआकर्षण गरेका थिए।
कम्पनीले आफु खुसि गरेको राईडरलाई सेवासुविधा नदिने र मन मर्जी राईडरहरुलाई थप्ने र कमिसन उठाउने गरेको तोडफोड गर्ने युवाहरुले बताएका छन्।