निर्वाचन आयोगले प्रधानमन्त्रीलाई भन्यो मर्नेबेला सम्म किन यति धेरै झुठ बोल्नुहुन्छ ,

पुष १७ ,काठमान्डौ – काम चलाउ प्रधानमन्त्रीलाई निर्वाचन आयोगले मर्नेबेला सम्म झुठ नबोल्न बताएको छ।केपी शर्मा ओलीले सुर्य नेकपाको आधिकारिकता र चुनाव चिह्न ‘सूर्य’ माग गर्दै प्रचण्ड नेपाल समूहपक्षले निर्वाचन आयोगमा दिएको निवेदन ‘कानुनी रित नपुगेकाले फिर्ता गरिएको’ दाबी गरेका थिए ।
तर निर्वाचन आयोगले भने यो विषयमा कुनै कुरा नभएको र काम चलाउ प्रधानमन्त्रीले किन झुठ बोल्नु भयो ,कुनै निर्णय भएको छैन आयोगले भन्यो। ओलीले प्रवासी नेपाली समुदायका अगुवाहरूलाई भर्चुअल मार्फत सम्बोधनगर्दै सुर्य चुनाव चिन्ह आफ्नो भएको र प्रचण्ड नेपाल समुहले चुनाव चिन्ह आफुहरुको भएको भन्दै निर्वाचन आयोगमा दिएको निवेदनलाई खारेज गरेको छ भन्दै झुठ बोलेका थिए।
जसलाई निर्वाचन आयोगले खण्डन गर्दै यो विषयमा कुनै छलफल भएको छैन ,ओलीले झुठ बोलेका हुन् भनेको हो। ओलीले प्रवासीलाई २०४८ देखि सुर्य चिन्ह हाम्रो हो ,आधिकारिक पार्टी हामीनै हौ ,कोहि एक दुई जना अलग भएभन्दैमा सुर्य अरुको हुन्दैन भनेर जवाफ दिएका थिए।
प्रचण्ड नेपाल समुहको निवेदन आयोगले रद्द गरेको छ ,हामि निर्वाचन आयोगमा जानुपर्ने कुनै कारण छैन भन्दै ओलीले झुठ बोलेका थिए। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपाको निवेदनमा कुनै निर्णय भएको छैन यस्तै , आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले पनि त्यसबारे निर्णय भएको विषयमा आफू अनभिज्ञ रहेको बताए ।
आयोगको राजनीतिक दल र कानुनसम्बन्धि शाखाका कानुन उपसचिव गंगाबहादुर खरेलका अनुसारपनि कुनै निर्णय नभएको जानकारी छ ,प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले यो विषयमा निर्णय गरेमा सबैलाई थाहा हुन्छ ,गलत हो उनले भने।
तेस्तै निर्वाचन आयोगमा प्रचण्ड ,नेपाल समूहबाट कानुनी कुराहरूको नेतृत्व गरिरहेका स्थायी कमिटि सदस्य लिलामणि पोखरेलका अनुसारपनि प्रधानमन्त्रीको भनाइ झुटो हो । प्रधानमन्त्री केपी ओली कहिलेनै सत्य बोल्छन र उनि सधै आफ्नै हो मै हु भनेर अहंकार देखाउछन।
बिहिबारमात्र निर्वाचन आयोगले सम्पर्क गर्नुपर्ने नेताहरूको नामावली बुझाएर फर्किएका हौ ,आयोगले फिर्ता होइन केहिपनि पठाएको छैन ,हिजोनै निर्वाचन आयोगमा हामीले अनुसूची १८ अन्तर्गतको विवरण बुझाएका छौ नाम, झन्डा, पदाधिकारीको नामावली फेरबदल भएको भए अपडेट गर्ने भन्ने छ त्यसका लागि हामीले सूचना दिन गएका थियौं ।
झलनाथ खनाल ,
तेस्तै पार्टी अधय्क्षबाट केपी ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्षमा चुनिएको कुरा अपडेट गराएको कुरा जानकारी गराएर फर्कीएका छौ ,उनले भने। तेस्तै निर्वाचन आयोगले पार्टीको आधिकारिकता लगायतका विषयमा छलफल गर्नुपर्ने भए पोखरेल, राजेन्द्र पाण्डे, मुक्ति प्रधान, कृष्णभक्त पोखरेल लगायत ८ जनाको नाम बुझाइएको उनले जानकारी दिए ।
ओलीले नेपालको संविधानलाई मिचेर गत पुष ५ गते संसद विघटनको सिफारिस रास्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ,जसलाई विद्यादेवी भण्डारीले सदर गरेकी थिइन् ,उक्त विषयलाई लिएर अहिले नेकपानै दुई भागमा विभाजन भएको छ ,ओलीले तत्काल संसद विघटन फिर्तालुनुपरने भन्दै देशभर केपी ओलीको कु विरुद्द आन्दोलन भईरहेको छ। अहिले नेकपाभित्र प्रचण्ड नेपाल समूह अलग सक्रिय देखिएको छ भने ओली समूह अलग छ।
