आफुहरुले मननपराएको केटासंग सम्बध गाँसेको भन्दै आम बाउले छोरीलाई जलाईदिए ,,

पुष २८ ,वीरगन्ज – पर्साको बहुदरामाई नगरपालिका ८ रामनगरी मनबोध साह र उनकी श्रीमतीले आफुहरुले मननपराएको केटासंग छोरीले सम्बन्ध गाँसेको भन्दै आफैले आगो लगाएर मारेको रहस्य खुलेको छ।

शाहको घरमा गत कार्तिक २९ गते लक्ष्मीपूजाका दिन आगलागी भयाको थियो ,आगलागी भएको घरमा उनकी १६ वर्षीय छोरी मानकुमारीको शव फेला परेको थियो।

आगलागी हुँदा छोरी निदाएको हुँदा आफुहरुले बचाउन नसकीएको बताएका थिए ,तर, घटनास्थलमा पुगेका प्रहरी अधिकृतले घरमा भएको आगलागी र मानाकुमारीको शवको प्रृकति शंकास्पद देखेपछि अनुसन्धान अगाडि बढाएका थिए।

अनुसन्धानगर्दै जाँदा मननपराएको केटासंग छोरीले सम्बन्ध गाँसेकाले आमा बाबुले छोरी मानाकुमारीलाई घरभित्रै जलाएर हत्या गरेको वास्तविकता खुलेको इलाका प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक दीपक थापाले बताए।

आगलागी हुँदा छोरीसंग आमा संगै सुतेकी थीइन ,आम बच्नु र छोरो जलेर मर्नु भनेपछि घटना संकास्पद देखिएपछि अनुसन्धान अगाडी बढेको थियो। आगि लागेको घरमा अनुसन्धान गर्दा खाटमात्र जलेको थियो , फुसका घरका खम्बाहरू हेर्दा माथिबाट आगो लागेजस्तो देखिन्थ्यो।

घटना शंस्कादपद थियो आम बचेको र छोरि मरेको तेस्पछि प्रहरीले अनुसन्धान बढाउने गरेको थापाले बताए। तेस्तै घटनामा अछोरिलाई बचाउने कसैले पहलसमेत नगरेको पाईएको छ। मृतक मानाकी भाउजू मनीषा देवीले पनि नन्दलाई सासू लालमतीले आगोमा जलाएर फुसको छानामा समेत आगो लगाई झुटो नाटक गरेको बयान प्रहरीलाई एक महिनापछि दिएकी थिइन् ।

हत्याको आरोपितमध्येकी लालमतीलाई पक्राउ गरी थप अनुसन्धान गर्दा अन्तरजातीय केटासँग नजिकिएकाले श्रीमाने मनबोधसँग रायसल्लाह गरेरै छोरीलाई जलाएको लालमतीले स्वीकारेको प्रहरी निरीक्षक थापाले बताए।हत्याका आरोपित मृतकका बुवा मनबोध भने फरार छन्।

घटनाको अनुसन्धानमा परेका अन्य ब्याक्तिहरुसमेत फरार छन् प्रहरीले उनीहरुको खोजि गरिरहेको छ। मानाकुमारी, रामनगरी गाउँकै बोर्डिङ स्कुलमा कक्षा ९ मा पढ्थिन्। उनलाई त्यही बोर्डिङमा पढाउने शिक्षक रामबाबु चमारले घरमा आएर ट्युसन पढाउने गर्थे। छिमेकका युवक नगिना साह मानाकुमारीको घरमा दिनहुँ भैंसीको दूध लिन आउँथे।

केही दिनदेखि मानकुमारी कसैलाई थाहा नदिई रातिको समयमा घरबाट सुटुक्क निस्किन थालेकी थिइन्। आमा लालमतीले छोरी रातीराती सुटुक्क निस्कने गरेको थाहापाएपछि आमालाई उनका गतिविधि मन परेनन।

छिमेकको नगिना र ट्युसन पढाउन घरमा आउने रामबाबुसँग छोरीको केही न केही गलत सम्बन्ध छ भन्ने उनलाई शंका भएको थियो।त्यसैको निहुँमा आमाबुवा दुवैले छोरीलाई कुटपिट गरेका थिए।

गत कात्तिक २९ गते बेलुकी ६ बजेतिर परिवारका सबै जना घरमा लक्ष्मीपूजा र दीपावली गरी खाना खाएर करिब ८ बजे सुत्न आआफ्नो बिछ्यौनामा गएका थिए। मानकुमारी निदाईन तेही बेला आमबाउले छोरीलाई जलाएर आफ़ुहरि बाहिर निक्लेका थिए।

त्यहीबेला आमा लालमती र बुवा मनबोधले छोरीले परिवारको इज्जतसँग खेलवाड गरेर समाजमा मुख देखाउन नसक्ने अवस्था आएको भन्दै आगो लगाएर मारिदिने सल्लाह गरे।

त्यसपछि आमा लालमतीले निदाइसकेकी छोरीको लुगाकपडामा मट्टीतेल छर्किएर आगो लगाइदिइन्। आमा लालमतीले घरमा आगो लागेजस्तो देखाउन फुसको छानामा समेत आगो लगाइन्। त्यसपछि आफूहरू बाहिर निस्किएर बाहिरबाट ढोका बन्द गरिदिएको प्रहरीको बयानमा स्वयं आमा लालमतीले बताएकी छन्।बुहारी मनीषाले आगो निभाउन खोज्दा लालमतीले गाली गरेर धपाइदिएकी थिइन्।