सर्लाहीमा ईश्वर पोख्रेललाई कालो झन्डा ,

पुष २८ ,काठमान्डौ – सर्लाहीमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीलाई कालो झण्डा देखाइएको छ ।

सर्लाहीको मंगलवामा आयोजित सभामा जाने क्रममा मंगलबार दिउँसो नवलपुरमा प्रचण्ड–माधव नेपाल समूहका विद्यार्थी नेताहरुले कालो झण्डा देखाएका हुन् ।

पोखरेलसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहलाई कालो झण्डा देखाइएको अखिलकी नेतृ आरती लामाले बताइन् ।‘संसद् विघटन गर्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरुलाई सबैतिर कालो झण्डा देखाउने कार्यक्रम छ’, ।