ओली बाको सेटिङ’बारे सर्वोच्च अदालत सचेत होस् : नारायणकाजी श्रेष्ठ,

पुष २८ ,काठमान्डौ – प्रतिगमनकारी केपी ओलीको कु विरुद्द सर्वोच्च अदालतलाई जनताको लागि सचेत रहिदिन नेकपा प्रचण्ड–माधव समूहका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले सेटिङ्ग मिलाएका छन् ,हाम्रो पक्षमा फैसला आउँछ’ भनेर भ्रम फैलाइएको भन्दै श्रेष्ठले सचेत हुन सर्वोच्च अदालतलाई आग्रह गरेका हुन् ।

श्रेष्ठले पोखरामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले संविधानअनुसार नै फैसला गर्छ भन्नेमा आफूहरु विश्वस्त रहेको बताए ।

संसद विघटन असंवैधानिक भएको भन्ने स्वयम केपी ओलीका नेता कार्यकर्ताहरुले बुझेर पनि बुझ पचाएक छन् ,तर केपी बाले सेटिङ गराउनु भएको छ, सबै हाम्रो पक्षमा हुन्छ ।

अदालतले हाम्रो पक्षमा फैसला गर्छ, निर्वाचन आयोगले पनि हाम्रै पक्षमा फैसला गर्छ भनेर केपी र उनका गुटका मान्छेहरु सार्वजनिक रुपमा बोलिरहेका छन् । सेटिङका कुरा चलेको हल्ला भईरहेको छ ,हामि सचेत रहनुपर्छ ,सर्वोच्च अदालतले संविधानसम्वत फैसला गर्छ भन्नेमा विश्वस्त छौं प्रवक्ता श्रेष्ठले भने।