शक्तिशाली भूकम्प ३४ जनाको मृ’त्यु ,

माघ २ ,एजेन्सी – इन्डोनियामा शुक्रबार बिहान ६.२ म्याग्नेच्युडको भूकम्प जाँदा कम्तिमा ३४ जनाको मृ,त्यु भएको छ। उत्तरपूर्वी शहर म्याजेनेबाट ६ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर गएको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ।

सात सेकेन्ड सम्म घर हल्लिदा गएको भूकम्पमा भवनहरु भत्कँदा ६ सय जनाभन्दा धेरै घाइते भएको अधिकारीहरुले बताएका छन् ।
मानिसहरु आत्तिएर घर छोडेर बाहिर निस्किएका थिए। शुक्रबार बिहान भूकम्प आएपछि सुनामी आउनसक्ने समेत अधिकारूहरुले जनाएका हुन् ।
