विवाह भएको एक वर्ष नपुग्दै ललितपुरमा एक दम्पतिको शव फेला ह,त्या कि आ,त्मह,त्या ,
माघ ६ ,ललितपुर – ललितपुर महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा रहेको एक घरमा एक दम्पती मृतावस्थामा फेला परेका छन् । घरको ग्राउण्ड फ्लोरमा ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल मृतावस्थामा फेला परेका महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको हो।
घर भित्रबाट बन्द रहेको अवस्थामा दुवैको शव भुईमा लडिरहेको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए ।
शव नजिकै विषादीको बट्टा फेला परेको छ भने एक भाँडोमा वान्ता पनि गरेको पाईएको छ ,हत्या वा आत्महत्या हो हामि सुक्ष्म र गम्भीर अनुसन्धान गरिरहेका छौ रंग दर्पणसंग महर्जनले भने।
राजविराज स्थायी घर भएका उनीहरु चार वर्षदेखि उक्त फ्ल्याटमा आमाबुबासँग बस्दै आएका थिए ।प्रहरीका अनुसार मृत पुरुष भेटनरीको सामान सप्लाइको काम गर्दै आएका थिए। उनीहरुको गत वर्षको फागुनमा विवाह भएको थियो ।मृतकका आमाबुबा केही दिनदेखि छोरीको घर गएको समयमा उनीहरुले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धान रहेको प्रहरीले बताएको छ ।
आईतबार राति सम्म आमाबुवाको सम्पर्कमा रहेका एक्कासी सम्पर्क विहिन रहेपछि प्रहरीलाई जानकारी भएको थियो। सम्पर्क हुन नसकेपछि घरबेटीलाई खबर पनि गरिएको थियो । घरबेटीले झ्यालबाट हेर्दा भित्र उनीहरु लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।