प्रचण्ड – नेपाल समूहले मुख्यमन्त्री राईको पद आजै खोस्ने ,

माघ २५ ,काठमान्डौ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध परेको अविश्वासको प्रस्ताव प्रदेश सभा बैठकमा आजै पेश गरिने भएको छ। यो भन्दा गाडी दुई समूहबीच छलफल चलेको थियो ,बैठकमा दुई समूहले आ – आफ्नो अडान राखेपछि बिना सहमति नेताहरु उठेका थिए।

तेस्पछि चार घण्टा बढी चलेको कार्य व्यवस्था परामर्श समितिको बैठकले अविश्वासको प्रस्ताव बैठकमा पेस गर्ने सहमति जुटाएको हो ।१८ दिनपछि आज आज बैठक बसेको थियो ।,

केपी ओली समूहले बैठकको सुचना टाँस गरेर स्थगित गर्नुपर्ने माग राखेको थियो भने प्रचण्ड – नेपाल समूहले भने आजनै अविश्वासको प्रस्ताव पेश गर्ने अडान राखेको थियो।

अन्तत ओली समूहपनि सहमतिमा आएपछि आजनै बैठक राखेर अविश्वासको प्रस्ताव पेस गरिने र संसद स्थगितको माग भएको छ। तेस्तै ओली समूहले अविश्वासको प्रस्ताव पेस भएपछि १५ दिन बैठक स्थगितको माग गरेको छ , भने संसद स्थगितको माग राखेको छ।

यसमा सभामुखले निर्णय लिनेगरी कार्यव्यवस्था परामर्श बैठकमा सहमति जुटेको हो ।मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव पेश गरेका छन् ।