प्रचण्ड – नेपाल समूहका विद्यार्थीको केपी ओलीविरुद्द सिंहदरबारमा आक्रामक नाराबाजी ,
माघ २५ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियूले काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलिविरुद्द नाराबाजी गरेका छन्।
संसद विघटनविरुद उनीहरुले सिंहदरबार छेऊमा नाराबाजी गरेको हुन्। अनेरास्ववियूले अनामनगर हनुमानस्थानमा चरणबद्ध र आक्रामक रुपमा प्रदर्शन गरेको हो।
उनीहरुले वि हेट यु केपी ओलीको नारा लगाएका थिए ,संसद विघटन गर्दै मुलुकलाई प्रतिगमनतिर लैजाने शासकलाई(घृणा) गरेको उनीहरुले बताए। तेस्तै हनुमानस्थानमा प्रदर्शन गरेपछि अखिलले प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको छ ।
संसद् विघटनदेखि राज्य शक्तिको दुरुपयोगसम्मको विरोध जनाउँदै विरोध पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दर्ता गरिएको हो । प्रचण्ड नेपाल समूहले प्रतिगमनकाविरुद्द यहि २८ गते काठमान्डौमा विशाल जनसभा गर्ने बताएको छ।
पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि नेकपा दुई समूह भएको छ भने देशभरबाट विरोध भईरहेको छ। तेस्तै ओली विरुद्द प्रतिपक्षदलले पनि शशक्त आन्दोलन गरेको छ।