उत्तराखण्डमा हिमनदी विस्फोट हुँदा १५० बढी वेपत्ता एक नेपालीसहित ८ को शव फेला,
माघ २६ ,नँयादिल्ली – भारत, उत्तराखण्डको चमोली जिल्लामा हिमनदी विस्फोट हुँदा १५० बढी मजदुरहरु हराईरहेका छन्। हिमनदी फुटेको क्षेत्र नजिकका दुईवटा गाउँ बगेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
तेस्तै हाल सम्म ८ जनाको शव फेला परेको छ ,जसमा एक नेपाली रहेको जानकारी छ ,उनको नाम ठेगाना भने खुलेको छैन।
मृत्यु हुने सबै मजदुरहरुले तपोवनस्थित नेसनल थर्मल पावर कर्पोरेसन (एनटीपीसी) को जलविद्युत् परियोजनामा काम गरिरहेका थिए। दुई दिन दिन अगाडी उत्तराखण्डको जोशीमठ नजिकको हिमाली क्षेत्रमा हिउँपहिरो गएको थियो ,सोहि कारणले आईतबार बिहान करिब १० बजेतिर हिमनदी फुटेको थियो।
हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दालगायत नदीमा बाढी आएको थियो । धौलीगंगाको बाढीले चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा जीउधनको क्षति पुर्याएको छ । बाढीले जोशीमठमा एउटा पुल बगाएको छ ,चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
त्यसमा पनि रैनी गाउँको तपोवनस्थित ऋषिगंगा जलविद्युत् परियोजनामा बढी क्षति भएको र प्रियोजनाको बाँध नै भत्किएको छ । हराइरहेकामध्ये अधिकांश यही परियोजनामा काम गर्ने मजदुर हुन्।
तेस्तै टनेलमा फसेका अन्य ३० जनाकोपनि उद्दार गरिएको छ भने उक्त क्षेत्रमा रेस्क्यू अप्रेसन भईरहेको छ। उक्त क्षेत्रमा वर्षेनी थुप्रै नेपालीहरु काम गर्न जाने गरेको हुनाले थुप्रै नेपालि परेको हुनसक्ने आशंका गरिएको छ।
तपोवन क्षेत्रमा सञ्चालनमा रहेको विष्णुगाढ जलविद्युत् परियोजनामा काम गर्ने १६ जनालाई इन्डो–तिब्बत बोर्डर पुलिसले जिवितै उद्धार गरेको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले आइतबारै चमोली जिल्लाको रैनी, तपोवनलगायत बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए ।
अहिले उद्दारका लागि केन्द्र सरकारले दुवईवटा सेनाका हेलिकोप्टर र विशेष उदारटोलि पठाएको छ। मृतकहुनेक परिवारलाई उत्तराखण्ड राज्य सरकारले आईसी ४ लाख दिने घोषणा गरेको छ। अहिले प्रदेश सरकारले गंगा नदीका सबै तटीय क्षेत्रमा खतराको सूचना अजारी गर्दै हाई अलर्ट जारी गरेको छ ।