प्रतिगमनकारी केपी ओलीविरुद विप्लव लगायतका क्रान्तिकारी नेकपाले गर्यो संघर्षको घोषणा ,

माघ २६ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द विप्लव (नेकपा ) ले काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकाविरुद संघर्षका कार्यक्रमहरु गर्ने बताएको छ।

विप्लव समूहले २९ गते रास्ट्रिय प्रज्ञा प्रज्ञाप्रतिष्ठान भवन कमलादीमा संयुक्त मोर्चा संघर्षका कार्यक्रम घोषणा समारोह गर्ने बताएको छ। विप्लव समूहका प्रवक्ता प्रकाण्डले आज एक विज्ञप्ति सार्वजानिक गर्दै बिहिबार २९ गते दिउँसो १२ :३० बजे

दलाल पुँजिवादी संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद/जनगणतन्त्र नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (ऋषि कट्टेल) र वैज्ञानिक समाजवादी पार्टी, नेपालबीच बनेको रणनीतिक संयुक्त मोर्चाको अवधारणा पत्र र संघर्षका कार्यक्रम घोषणा समारोह गर्ने सार्वजनिक गरेको हो ।