मेयर थापाले लिए दुई दलित युवालाई उच्च शिक्षा पढाउने जिम्मेवारी,

माघ ६ ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिम जिल्लाको सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले दुई विद्यार्थीको उच्च शिक्षाको जिम्मेवारी लिएका छन् ।

आर्थिक अवस्था कमजोर भएपछी उच्च शिक्षा हासील गर्न नसक्ने अवस्थामा पुगेका वडा नम्बर २ का पप्पु हरिजन र सुकदेव हरिजनको उच्च शिक्षाको लागि आवश्यक आर्थिक सहयोग गरेका हुन् ।

आर्थिक अवस्था कमजोर हुदा अध्ययन छाडेर रोजगारीको खोजिमा रहेका उनीहरुलाई पहिलो वर्षको अध्ययन खर्च स्वरुप ५१ हजार ९ सय ६० रुपैया लुम्विनी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

lekbesi

‘अध्ययनमा रुचि हुदाहुदै आर्थिक कारणले विद्यम्लय छाड्न लागेको थाहा पाएपछी मैले उनीहरुको लागि स्तानकोत्तर सम्मको जिम्मा लिएको छु । ’नगर प्रमुख थापाले भने,‘अध्ययनबाट कोही पनि विमुख हुन नपरोस भन्ने मेरो मान्यता हो । ’

बाध्यताले अध्ययन छाड्नुपर्ने अवस्थामा पुगेको थिए , अहिले नै कामको खोजिमा हिड्दा सामान्य मजदुरी गर्नुपर्ने अवस्था आउन सक्दथ्यो । ’सुकदेव हरिजनले भने,‘अव राम्रोसंग अध्ययन गरेर सरकराी सेवामा प्रवेश गर्ने लक्ष्य छ ।’

सरकारी सुविधा उपभोग नगर्ने घोषणा गरेका सुनवल नगरपालिकाका प्रमुख थापाले आफुले पाउदै आएको तलब भत्ता वृद्धवृद्धा , असाहाय , विरामी र सामाजिक काममा खर्च गर्दै आएका छन् ।

अहिले सम्म प्राप्त सबै सुविधा थापाले सामाजिक काममा सहयोग गरेका हुन । साथै थापाले सरकारी गाडी समेत प्रयोग गरेका छैन । समाजसेवी ज्ञानचन्द्र यादवको विशेष पहलमा दुई विद्यार्थीको अध्ययन गर्ने मौका पाएको परिवारजनले बता।
रविन्द्र यादव ,