भोलि हुने प्रचण्ड नेपाल समूहको विशाल जनसभाको लागि युवाहरुको मार्च पास तस्विरमा ,

माघ २७ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – माधव नेपाल समूहले भोलि हुने आम जनसभाको लागि आज मार्च पास गरेको छ।

काठमान्डौको वाल्मिकी क्याम्पसबाट तत्कालिन पर्यटनमन्त्रि योगेश भट्टराईले सम्बोधन गरेपछि सुरु भएको मार्च पास भृकुटीमण्डप हुँदै पुतलीसडक ,बागबजार रत्नपार्क परिक्रमा गरेर पून,वाल्मिकी क्याम्पसमा समापन भएको थियो।

नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद भोलिको जनआन्दोलन सफल पारौ ,प्रतिगमन मुर्दावादका नारा संगै आज युवा संघ ,मजदुर संघ ,विभिन्न विद्यार्थी संगठनहरुले मार्चपास गरेका थिए।

तेस्तै भोलि हुने कार्यक्रमको लागि पनि आजनै स्वयम्सेवक टोलि खटाईएको योगेश भट्टराईले कार्यक्रममा जानकारी गराएका छन्। प्रतिगमनकाविरुद प्रचण्ड – नेपाल समूहले शक्ति प्रदर्शन गर्दैछ ,जसका लागि काठमान्डौको २० भन्दा बढी स्थानबाट जुलुस निक्लने छ भने भृकुटीमण्डपमा जनसभा हुने छ।

केपी शर्मा ओलीले गत पुष ५ गते संसद विघटन गरेपछि अहिले नेकपा दुई धारमा चलेको छ भने देशभर केपी ओलीको कूको विरुद्द नाराबाजी भईरहेको छ।

#रंग दर्पण