नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य प्रतिस्प्रधाबिना सिधै नियुक्त ,
माघ २७ ,काठमान्डौ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने सरकारले निर्णय गरेको छ। कुलमान घिसिङलाई नियुक्त गर्ने प्रस्ताव अलपत्र परेको करिब ५ महिनापछि सोमबार मन्त्रिपरिषद् बैठकले हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो।
मन्त्रिपरिषद्को माघ २६ गते बसेको बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा ४ वर्ष नियुक्त गर्ने निरणय गरेको छ त्यो पनि कुनै प्रतिस्प्रधाबिना। प्रधानमन्त्रीको ठाडो निर्देशनको आधारमा शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको श्रोतले जनाएको हो।
यस अघि सरकारले कुलमान घिसिङलाई २०७३ भदौ २९ गते कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । उनी ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २८ गते बाहिरिएका थिए ।
नेपाली जनस्तरबाट कुलमान घिसिङ्गलाई पून: नियुक्ति गर्न माग गर्दै आन्दोलन समेत गरेका थिए। तेस्तै तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङ्गको पून नियुक्ति फाईल प्रधानमत्री समक्ष पेश गरेका थिए ,ओलीले तेही बेलानै फाईल साइडमा अराखेका थिए र बुझाउला भनेर जवाफ दिएका थिए।
कुलमानको पून नियुक्तिको लागि चौतर्फी आन्दोलन र दबाबपछि ओलीले विभिन्न कानुन प्रक्रिया र प्रतिस्प्रधा देखाउदै टारेका थिए। तर ओलीले अहिले बिना प्रतिस्प्रधानै शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।
निमित्त कार्यकारी निर्देशकका रूपमा कात्तिक २७ गते प्राधिकरणमा आएका शाक्यलाई प्रधानमन्त्रीको ठाडो प्रस्तावमा कार्यकारी निर्देशक नियुक्त गरिएको हो । तर नेपालको १८ देखि २२ घन्टाको लोडसेडिंग अन्त्य गर्ने कुलमान घिसिङ्गको नेपालभरी मात्र हैन भारतसम्म प्रशंसा छ।