चार दिन पहिले कोहोलपुरबाट हराएकि रेनुकालाई खोजिदिन विदेशबाट आमाको चीत्कार ,

माघ २८बाँके – गत २५ गते साझ सातबजे कोहलपुर नगरपालिका १२ मसुरिखेतकि रेनुका अधिकारी टिउसन पढ्न हिडेकि अहिले सम्म अल्पत्र छिन ।

कक्षा १० मा अध्यनगर्दै गरेकी १५ बर्षकि रेनुकासंग सोही दिन आमाको अन्तिम पटक म्यासेन्जरमा कुरा भएको थियो । पढ्न भन्दै हिडेकी छोरी साझ घर नफर्कीएपछी उन्का बुबा र दाजु भाईले साथीको घरमा गएको छ कि भन्ने सोच्दै बसे ।

तर भोलि साझ सम्ममा पनि छोरी घर नफर्कीएपछी परिवारका सबै आत्तिए,रेनुकालाई फोन गरेपनि उन्को मोबाईल स्विचफ थियो ।

दैनिक जस्तो आमासंग म्यासेजमा कुरा हुने भएपछि रेनुका बाबु खगेन्द्र अधिकारीले ओमनमा रहेकी आमा रेबिका अधिकारीलाई फोन गरेर भने छोरीको तिमी संग कुरा भयो कि नै छोरी ३ दिन भो घरमा छैन फोन पनि लाग्दैन ।

आमा झसङ्ग भैइन र रुन थालिन , म बिदेशमा छु छोरी घरमा भएको न भएको मलाई कसरी थाहा हुन्छ हजुरहरुलाई थाहा हुनुपर्ने हो भन्दै आत्तल्लिन र कल गरिन तर जति कल गर्दा पनि लागेन न त उन्को फेसबुकमानै कुरा भयो ।

 

रंग दर्पनले ३ दिन अगाडीबाट बालिका बेबत्ता भएको समचार सम्प्रेषण गरेको जान्कारी पछि आमा रेबिकाले हामीसंग सबै कुरा गरिन ।

म विगत एक वर्ष देखि ओमनमा काम गर्ने गरेको छु बुढा घरमा बिरामी हुनुहुन्छ मेरो दुई छोरा र एक छोरी छन । छोरी अहिले कक्षा १० मा पढ्ने गर्छिन टिउसनको फिस बुझाउने भनेपछि मैले यहाँबाट पैसा पनि पठाको थिए ।

मैले श्रीमान बिरामी भएको हुँदा सबै आफुले हेर्नू पर्छ तेसैले विदेश धाउनु परेको छ राती नेपालको समय अनुसार १२:२३ मा रंग दर्पनसंग रुदै भनिन ।

२५ गते साझ सम्म छोरीलाई मैले म्यासेको कलमा कुरा गरे, मलाई म्यासेज गर्न आउँदैन त्यो दिन छोरी लाई कहाँ हो भन्दा म होटेलमा छु भनिन मैले किन यति बेला सम्म होटेलमा घर जाउ भन्दा नास्ता खादै छु को जवाफ दिईन ।

तर त्यो दिनबाट छोरी घरमा छैन भन्ने खबर आयो मैले धेरैपटक कल म्यासेज गरे तर लागेन छोरीले पनि गरिन म सारै आतियको छु बिदेशमा रुदै बसेको छु कहाँ गयो के भयो भन्ने समेत जान्कारी हुन सकेन।

नेपालको २६ गते कुवेतको ८ बजे मात्र छोरी संग म्यासेजमा एक पटक कुरा भयो छोरीले म काठमान्डौ मा छु आमा नरुनुस म केही दिन्मा घर जान्छु भनिन ।

किन आएको छोरी तिमी कहिले नआको मान्छे जाउ घर भन्दा उन्ले आफुलाई अनिल भन्ने केटाले बिहे गर्छु भनेर ल्याएको भन्ने जवाफ दिएको बताईन ।

अनिल के हो भन्दा छोरी केही बोलिनन खै म संग कुरा गराउ भन्दा उ आफ्नो दिदिलाई बोलाउन गको छ भनेपछि तेतिकैमा कुनै सामान खसेको जस्तो आवाज आयो र मेरो कुरा हुन पाएन ।

कसैले बिहे गरेर ल्याको वा अपहरण गर्यो कि कुनै जानकारी छैन अहिले नेपालमा जता ततै हत्या बलात्कारका घटना घटीरहेका छन ।मेरो मन आत्तिएको छ जसरी भएपनि सबैले दाजु भाइ मिलेर मेरो छोरी खोजिदिनु पर्यो उन्ले रुदै भनिन ।