भागरथी भट्ट र दिनेश भट्ट दिदिभाई नाता बलात्कार पछि हत्या ,
फागुन ५ ,काठमान्डौ – बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्ट नजिकैका आफन्त भएको खुल्न आएको छ।
भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ सनातन माध्यमिक विद्यालयमा अध्यनरत गर्दै गरेका थिए। दिनेशले भागरथीको हत्याको योजना बनाएर माघ २१ गते कलस समेत छोडेर स्कुलबाट निक्लेका थिए।
उनको विद्यालय छुट्टी ३ बजेर १५ मिनेटमा हुन्थ्यो भने भागरथीको २ बजेर ३० मिनेटमा । भागरथी भट्ट २१ गते विद्यालयबाट नफर्केपछि २२ गते बिहान कच्ची सडकभन्दा ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् ।
मेडिकल रिपोर्टमा भने उनको बलात्कारपछि हत्या भएको प्रहरीले बताउँदै आएको छ । दिनेशले भने आफुले हत्या गरेपनि बलात्कार नगरेको बताएको प्रहरी श्रोत बताउछ । म बाटोमा पहिल्यै बसेको थिएँ । भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ ।
त्यसपछि उनलाई पनि पछाडिबाट धक्का दिएँ । उनी लडेर बेहोस भइन् अनि घाँटी थिचेर मारेँको बलात्कार भने गरेको होइन । दिनेशले अपराध स्वीकार गर्दै प्रहरीसमू दिएको बयान हो।
बलात्कार गर्न प्रयास भने गरेको हु ,तर गरेन फुपुको बदला लिन हत्या गरेको बताएको प्रहरी स्रोत बताउँछ । पहिलेनै मार्न चाहेपनि नमिलेपछि २१ गते मारेको दिनेशले स्वीकार गरेको छ। हत्यापछि भागरथीको मोबाईलको ब्याट्री फालेकोको पनि स्वीकार गरेका छन्।