रुकुम चौरजहारी

भागरथी भट्टका आफन्तले भने दिनेसले मात्र यति ढुलो घटना घटायो जस्तो लाग्दैन शव बुझ्दैनौ ,

रुकुम आठ विसकोट

फागुन ६ ,काठमान्डौ – बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टका आफन्तले शव बुझ्न अस्विकार गरेका छन्। गत माघ २१ गते भागरथी विद्यालयबाट फर्किदा घर नआएपछि आफ़तले खोज्दा उनको बिहिबार २२ गते भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो।

अनुसन्धानपछि प्रहरीले सोहि गाँउ र एकै विध्यालयमा अध्यन गर्ने १८ वर्षीय दिनेश भट्टलाई पक्राउ गरेर हिजी पत्रकार सम्मेलनगरि सार्वजनिक गरेको छ। दिनेशले आफुले हत्या गरेको तर बलात्कार नगरेको स्वीकार गरेका छन्।

,तर शव पोस्टमापन परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको भनिएको छ ,परीक्षण रिपोर्टले बलात्कारपछि हत्या भनेको छ, हत्यारा पत्ता लागेको भए पनि बलात्कारीलाई पनि खोज्नुपर्छ, बलात्कारी पत्ता नलाग्दासम्म शव बुझ्दैनौँ भागरथीका काका शिवराज भट्टले भने।

यो घटनामा एउटै व्यक्तिको संलग्नता हुनै सक्दैन । मृतक भागरथीका दाजु शङ्कर भट्टले हिजोनै दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेका छन। अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दिनेशलाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत बैतडीले अनुमति दिए को छ। जाहेरी दिनेगरेका शंकर भन्छन प्रहरीले दिनेशलाई अपराधीभनेर त सार्वजनिक गर्यो तर मलाई लाग्दैन कि उसले एकलै यति ठुलो हत्या गर्न सक्छ भनेर।

अपराधी तेही हो भनेपछि जाहेरी दिएको हु ,घटनामा को को संलगन छन् ,उनीहरुलाई नसमाएसम्म शंव बुझ्दैनौ उनले भने। घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीसँगै एसएसपी जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीलगायतको टोली खटिएको थियो ।