रुकुम चौरजहारी

विराटनगरमा प्रधानमन्त्रीको कार्यक्रम प्रचण्ड – नेपाल समूहले बिथोल्यो ,

रुकुम आठ विसकोट

फागुन ८ ,विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेपछि प्रचण्ड – नेपाल समूहले नाराबाजी गरेको छ। विराटनगरमा हुने कार्यक्रमको लागि ओली एयपोर्टमा पुग्नासाथ उनी विरुद्ध प्रदर्शन गरिएको हो ।

प्रचण्ड – नेपाल समूहले प्रधानमन्त्रीलिई कालो झन्डा देखाएर प्रदर्शन गरेका हुन् भने प्रतिगमनकारी केपी ओली मुर्दावादका नारा लगाएका छन्।

केपी ओलीले अहिले विभिन्न जिल्लामा देशको ढुकुटी सिध्याउने र तामझाम गर्दै कार्यक्रम गरेपछि आम नेपालीले विरोध गरेका छन्। ओलीले गत पुष ५ गते संसद विघटन गरेका छन्।

संसद विघटन गरेपछि अहिले नेकपा दुई समूहमा विभाजित भएको छ।आफ्नो गल्ति छोप्ने केपी शर्मा ओलीले अहिले सरकारको भरमा आफ्नो शक्ति प्रदर्शन गर्ने गरेका छन्।