अस्ट्रेलियामा फेसबुकको प्रतिबन्ध ,

फागुन ८ ,सिड्नी- फेसबुकले अस्ट्रेलियामा बिहीबार बिहानैदेखि समाचार सामग्रीमा प्रतिबन्ध लगाएको छ ।
बिहिबार अस्ट्रेलियाका बाहिर बस्ने नागरिकले समेत अस्ट्रेलियाली प्रकाशनका समाचार फेसबुकमा पढ्न पाएनन्।

सरकारका स्वास्थ्य र आपतकालीन फेसबुक पेज पनि बन्द गरिएका थिए। यद्यपि, पछि गएर ती पेज खुला गरिएका थिए। गुगलले पनि अस्ट्रेलियामा आफ्नो सर्च इन्जिन बन्द गर्न सक्ने देखिएको छ।यस्तैबेला अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्ताका लागि आफ्नो प्लेटफर्ममा समाचार सामग्री हेर्न र सेयर गर्न रोक लगाएकोप्रति नआत्तिन बताएका छन्।

अस्ट्रेलियालाई ‘अनफ्रेन्ड’ गर्ने फेसबुकको कोसिस दुर्भाग्यपूर्ण भएको प्रधानमन्त्री मोरिसनले भनेका छन् । विश्वका यी दुई ठूला प्रविधिसम्बन्धी कम्पनी र अस्ट्रेलियाली सरकारबीच विवादको मुख्य कारण प्रस्तावित कानुन हो।

अस्ट्रेलियाली संसद्को तल्लो सदनले प्रस्तावित कानुनलाई पारित गरिसकेको छ। अब उक्त कानुन सिनेटमा पास हुने प्रक्रियामा छ। यी प्रविधिसम्बन्धी कम्पनी र मिडियासम्बन्धी संस्थाबीच शक्ति सन्तुलन स्थापित गर्न उक्त कानुन ल्याउन लागिएको बताईएको हो ।एजेन्सी,,