रेशम चौधरीको रिहाईको माग गर्दै माईतीघरमा विरोध धर्ना कार्यक्रम ,

चैत ११, काठमान्डौ – सांसद रेशम चौधरी लक्ष्मन थारु लगायतको रिहाइको माग गर्दै माईतीघरमा विरोध कार्यक्रम भएको छ ।

थारु कल्याणकारी सभा थरुहट सयुक्त मोर्चा समिले शान्तिपूर्ण विरोध धर्ना कार्यक्रम गरेको हो।

टिकापुर घटना राजनीतिक घटना भएको हुँदा राजनितिक सहमतीबाट समाधान गर्नुपर्ने उनिहरुको माग छ ।

उनिहरुले प्रधानमन्त्री ज्यु देख्नु भो, अब त अति भो,हाम्रो शान्तिपूर्ण आन्दोलन जारी रहने छ ,सामाजिक न्याय सुनिस्चित गर लगायतका पोस्टर टासेर विरोध गरेका हुन ।

तेस्तै अहिले सम्म आफुहरुको आन्दोलनलाई सरकारले आफुहरुलाई वेवास्था गरेको हुँदा दिन्मै बत्ती बालेर विरोध गरिएको थारु कल्याणकारी समिती संघर्स समितीका कार्यबाहक अध्यक्ष कन्नुलाई चौधरीले बताए ।

रेशम चौधरी लगायतहरुलाई लगाईएको झुठो मुद्दा खारेज हुनुपर्ने पनि उनिहरुले माग राखेका छन ।