विराटनगरमा शेरबहादुर देउवाले पत्रकारलाई हप्काए , ‘

चैत १० ,विराटनगर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारमा जाने विषयमा पत्रकारले एउटै प्रश्न दोहोर्‍याएपछि रिसाएका छन् । तत्कालीन देउवाको कार्यसमितिमा नेविसंघ उपाध्यक्ष रहेका कांग्रेस नेता अशोक कोइरालाको निधनमा श्रद्धाञ्जलि तथा परिवारलाई समवेदना दिन मंगलबार विराटनगर पुगेका देउवालाई विमानस्थलमा पत्रकारहरुले ‘कांग्रेस सरकारमा कहिले जान्छ ?’ भन्दै प्रश्न गरेका थिए ।

पत्रकारको पहिलो प्रश्नमा देउवाले “कांग्रेस विपक्षी पार्टी भएको हुँदा तत्काल सरकारमा नजाने बताए । त्यसपछि पत्रकारले ‘सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव कहिले लैजान्छ ? भन्दै प्रश्न गरेका थिए । त्यसमा देउवाले कांग्रेससँग छलफल नभएको भन्दै अरुले नै अविश्वास प्रस्ताव लैजाने बताएका थिए ।

त्यसो भए अविश्वासको प्रस्ताव कसले ल्याइदिनुपर्ने, जसपाले कि माओवादीले ?’ भन्दै राखेको प्रश्नमा देउवाले कांग्रेस विपक्षी पार्टी भएकाले विपक्षमै बस्ने बताएका थिए ।

तेसोभए अहिलेकै सरकारलाई समर्थन गर्न जाने हो भन्ने बित्तिकै देउवा रिसाए र भने हत्तेरिका विपक्षी पार्टी विपक्षमा हुँदैन ?” आक्रोशित देउवाले भने, “विपक्षी पार्टी ! विपक्षी पार्टी विपक्षी पार्टी ! जानुहोस् ।” खासगरी कांग्रेस विपक्षमा बस्छ भनेपछि पनि यही सरकारलाई समर्थन हो भन्ने प्रश्नपछि देउवा रिसाएका थिए ।