केपि ओलिमाथी घृणा र घमण्डको बैँस चढ्दै गयो ,रामकुमारी झाक्री ,
चैत १४ ,काठमान्डौ – प्रधानमन्त्री केपि शर्मा ओलिमाथी घृणाको बैँस चढ्दै गएको नेकपा एमाले माधव कुमार नेपाल समूहकि नेतृ रामकुमारी झाक्रीले बताएकि छिन ।
झाक्रीले आफ्नो सामाजिक संजालमा लेख्दै ओलिमाथी घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढेको बताएकि हुन। त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प हाम्रो हो ।भित्र र बाहिर दलाल पुँजीवादको बिरुद्धमा लडिरहनुपर्ने हुन्छ ।
लाखौँ सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको योगदानले बनेको यो पार्टी र पार्टीको बिरासत, सम्पूर्ण शक्ति र सामर्थ्यका साथ यो आन्दोलनलाई विसर्जन हुनबाट बचाउने हाम्रो युगिन दायित्व हो झाक्रीले लेखेकी छिन ।
प्रधानमन्त्री केपि शर्मा ओलिले संसद विघटन गरेर मुलुकमा अराजक पैदा गरेपनी सर्वोच्चले संसद पुनस्थापना गरेको छ ।
केपि ओलिले अहिले सम्म राजिनामा दिएका छैन्न ,ओलि उल्टै विभिन्न स्थानमा जाने र कार्यक्रम सम्बोधन गर्नमा ब्यस्त देखिन्छन् । ओलिको घृणित कार्यले अहिले एमाले तीन चिरामा चलेको छ ।