प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता यस्तो छ कुरा ,

चैत १५ ,काठमान्डौ – प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भएको छ। आईतबार बिहान ११ सभामुख सापकोटा प्रधानमन्त्री ओलीलाई भेटन वालुवाटार पुगेका थिए।

,यो भन्दा अगाडी सापकोटाले प्रधानमन्त्री संगभेट्ने समय मागेका थिए ,सोहि अनुसार आज भेटपछि समसामयिक विषयमा छलफल भएको वालुवाटार श्रोतले जनाएको हो। तीन सातायतादेखि प्रतिनिधिसभाले ‘बिजनेस’ अगाडि बढाउन नसक्ने र नयाँ ‘बिजनेस’ पनि नपाउने अवस्था सामना गरिरहेको बेला प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

आजको बैठकमा संसद्‍ सञ्चालन र संसद्‍को बिजनेशको विषयमा कुराकानी भएको पनि श्रोतले जनाएको हो । गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले फागुन ११ गते पुनस्र्थापना गरेपछि चार पटक संसद्‍ बैठक बसे पनि संसद्‍ले बिजनेश पाएको छैन।

सभामुख सापकोटाले विज्ञप्ति निकालेर संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए । सर्वोच्च अदालतमा पनि सभामुखका कानुन व्यवसायीले ओलीको कदमको विपक्षमा बहस गरेका थिए ।

तेस्पछि प्रधानमन्त्रीले सभामुखप्रति असन्तुस्ट पोखेपछि दुवैबीच दुरी बढेको थियो। प्रधानमन्त्रीसँगको आजको भेटवार्तामा समग्र संसद्‍को प्रभावकारीताका विषयमा छलफल भएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।