सरकार गठनबारे प्रचण्ड र देउवाको छलफल ,

चैत १७ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालि कांग्रेसक सभापति शेरबहादुर देउवासंग सरकार गठनबारे छलफल गरेका छन। छलफलमा प्रचण्डले देउवालाई सरकार गठनबारे प्रस्ट रुपमा निर्णय दिन बताएका छन्।

अबको केहिदिनमा आफुले सरकारलाई दिएको समर्थन फिर्ता ल्याउने तयारि भईरहेकोबेला प्रचण्डले देउवालाई सरकार मिलेर बनाउने वा नबनाउने निर्णय दिन आग्रह गरे। तेस्तै देउवाले भोलि जनता समाजवादी पार्टीका नेताहरुसंग छलफल गरेर पर्सि सम्म निर्णय गर्ने बताए।

माओवादी केन्द्रले नेपली कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रस्ताव राख्दै आईरहेको छ भने कांग्रेसका नेताहरुपनि देउवाको नेतृत्वमा सरकार बनाउन सहमत छन्। तर जसपामा दुई धार देखिएपछि सरकार गठनबारे देउवाले तत्कालै निर्णय लिन नसकेको कांग्रेस श्रोतले जनाएको छ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहितका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर संवाद भेटघाटमा छन् भने संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र महतोलगायतका नेताहरुले प्रचण्डलाई साथ् दिने गरेका छन्।