सरकारले चैत २३ मा विश्वासको मत लिनुपर्छ हैन भने सरकारको हैसिय के माओवादी केन्द्र ?
चैत १८ ,काठमान्डौ – नेकपा मावोवादी केन्द्रले केपी शर्मा ओलीको सरकारले चैत २३ गते संसदमा विश्वासको मत लिनुपर्ने बताएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङले यस्तो बताएका हुन्।
गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलासँगै दल विभाजित भएकाले प्रधानमन्त्री ओलीले संविधानको धारा १०० को उपधारा २ आकर्षित हुने भन्दै विश्वासको मत लिनुपर्ने नभए सरकारको संवैधानिकता हैसिय के भन्नेमा प्रश्न उठ्ने गुरुङले बताए ।
गुरुङले भने आज १८ गते भैसक्यो २३ गते ३० दिन पुग्छ ३० दिनभित्र विश्वासको मत लियो भने वैधानिकता हासिल हुनसक्छ ‘अन्यथा सरकारको संवैधानिक हैसियत के हुने हो भन्ने प्रश्न उठ्ने देखिन्छ ।
सरकारले सुरुदेखिनै सर्वोच्चताको विधिको शाशनलाई फल्यो गरिरहेको छैन। तेस्तै पुष ५ गते प्रतिनिधिसभा विघटन गरिसकेपछि स्वाभविक ढंगले संविधानको धारा( ७७) को १ आकर्षित हुन्छ जसमा प्रतिनिधिसभा सदस्य नरहेको अवस्थामा प्रधानमन्त्री नरहने व्यवस्था छ ,तेस्तो अवस्थामा (७७ )३ को सरकार परिवर्तन हूपर्ने हो गुरुङले भने।