वागलुङ्ग होलि घटनामा संलग्न पाँचजना पक्राउ,
चैत १८ ,बाग्लुङको बडिगाड गाउँपालिका १० बल्देधुरीमा होली मनाउने क्रममा भएको झडपमा दुइजना युवाको ज्यान गएको थियो । घटनाको आशंकामा पाँच जनालाई प्रहरीले सोधपुछको लागि पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार दुईजनालाई बाहिरि जिल्लाबाट ल्याउने क्रम जारि छ। घटनाको चारदिन पछि उनीहरुलाई वागलुङ्ग र गुल्मी जिल्लाबाट पक्राउ गरिएको र थप विवरण सोधपुछपछि जानकारी आउने प्रहरीले बताएको हो।
होलीको दिन घटनामा प्रकाश कुँवर र दीपक परियारले ज्यान गुमाएका थिए भने ६ जना घाइते भएका थिए । घाइतेमध्ये ५ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्केका छन् । घाईते ज्ञानु परियारको टाउकोमा गहिरो चोट लागेको छ ।
मृतकका परियारले घटनाका दोषीलाई पक्राउ नगरेसम्म शव नउठाउने बताउदै आएका थिए ,दोषीलाई पक्राउ गर्ने र कडा सजाए दिने सहमतिपछि उनीहरुले अन्त्येष्टि गरेका छन। घटनाको अनुसन्धान गर्न प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरको नेतृत्वमा ११ सदस्य र पोखराबाट सीआईबीको टोली खटिएको छ ।