केपी ओलीले गरे घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन,

चैत १९ ,काठमान्डौ – नेकपा एमालेका अधय्क्ष प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि ६ महिनाका लागि निलम्बित गरेका छन् ।स्पस्टिकरणमा चित्त बुझ्दो जवाफ नआएपछि ओलीले ६ महिनासम्मका लागि साधारण सदस्य नरहने समेतगरि निलम्वन गरेको विज्ञप्तिमा उल्लेख छ।

निलम्वनको पत्रमा भनिएको छ ,तपाईले पार्टीलाई विखनडन गर्ने ,पार्टी फुटाउने ,पार्टी भित्रको सहकार्य सद्भावलाई क्षत्विक्षत गर्ने गरि निरन्तर गुट भेला गराउने निरन्तर अवैधानिक गुट भेला गर्ने, उक्त कार्यलाई निरन्तरता दिने स्विकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो ।

तपाईले अहिलेपनि पार्टी विरोधी फाटोवादी र गुटगत क्रियाकलापहरु नेकपा एमालेकै नाममा गरिरहनु भएको छ। तपईहरुले आफ्नो स्वार्थकोलागि देश जनता र पार्टीको हितलाई जस्तो सुकै क्षति पुर्याउन तयार रहेको र अपराधिक मनोवृत्ति प्रस्ट रुपमा थप पुस्ट भएको छ।

अतः तपाईहरुलाई सच्चिने यो अन्तिम मौका हो। आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिइन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ ।
यो हेर्नुहोस निलम्वनको पत्र ,