२०७० सालमा म माथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ति गरे प्रचण्ड ,

चैत २४ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७० सालमा आफुमाथि बम प्रहार गर्ने रामबहादुर थापा बादललाई गृहमन्त्री बनाएर गल्ति गरेकोआत्मालोचना गरेका छन।

३२ औं जनआन्दोलन दिवसकादिन नेकपा माओवादी केन्द्रले मंगलबार रुकुम पश्चिममा आयोजना गरेको कार६यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने थापा मलाई गद्दार भन्नेहरूलाई पनि गल्ती स्वीकार गर्दै आएपछि मैले विश्वास गरेँ, ममाथि बम प्रहार गर्ने साथीहरुलाई मैले गृहमन्त्री बनाएँ, सायद मैले गल्ती गरेँ ।

जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउन ‘जाली फटाहा’, ‘प्रतिक्रान्तिकारी’ले प्रयास गरिरहेको भन्दै प्रचण्डले त्यसका विरुद्ध संघर्षका क्रममा आफूले जनताको साथ खोजेको बताए ।’प्रतिनिधिसभा जोगियो तर षड्यन्त्र रोकिएको छैन ।

जनयुद्धबाट प्राप्त उपलब्धिमाथिको षड्यन्त्र रोकिएको छैन । समाजवाद उन्मुख संविधान खतरामा छ । संविधानविरुद्ध देशभित्र र बाहिरबाट अनेक खालका प्रपञ्च भइरहेका छन् । हामी त्यसका विरुद्ध लडिराखेका छौं,’ दाहालले भने ।

तेस्तै पार्टीबाट सांसद भएर नेकपा (एमाले)मा लागेका चार मन्त्रीहरूलाई प्रचण्डले निष्कासनको पत्र संसद् सचिवालयलाई पठाईसकेका छन् भने अब छिट्टै गृहमन्त्रि थापालाई पनि कारबाही गर्ने दाहालले बताए। रुकुम पश्चिमम पुगेर प्रचण्डले विशाल आमसभालाई सम्ब्जोधन गरेका हुन्।