नेपालमा गैंडाको संख्या बढेर ७ सय ५२ पुग्यो सबैभन्दा बढी चितवनमा ,

चैत २८ ,काठमान्डौ – नेपालमा एकसिंगे गैंडाको संख्या बढेर सात सय ५२ पुगेको छ। राष्ट्रिय गैंडा गणना २०७७ अनुसार चारवटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हाल ७५२ वटा गैंडा छन् ।

यसमध्ये १३६ वटा बच्चा छन् भने ९६ अर्ध वयस्क र ५२० वटा वयस्क गैंडा छन् ।सन् २०१५ को गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए ।

सबैभन्दा धेरै गैंडा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा रहेका छन्। जँहा ६९४ गैंडा रहेका छन्।

तेस्तै बर्दिया रास्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा ३८ गैडा रहेका छन् भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा रहेको प्रकृति संरक्षण कोषका प्रवक्ता एवं गैंडा विज्ञ नरेश सुवेदीले बताए ।