सुर्खेतको खुल्ला चौरमा युवकको शव फेला ,
बैशाख २ ,सुर्खेत – कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा एकजना युवकको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका -८, स्थित कभर्डहल अगाडि खुल्ला चौरमा आज बिहान शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुसार शव चिङ्गाड गाउँपालिका-६, घर भई हाल वीरेन्द्रनगर-१२ स्थित भावर टोलमा बस्दै आाएका ३५ वर्षीय जितेन्द्र चलाउनेको हो ।
शव पोष्टपार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको र घटनाको थप अनुसन्धान भईरहेको घर्तीले बताए।