१४ जिल्लाका विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध ,
,काठमान्डौ – स्वस्थ्य मन्त्रालयले १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित भन्दै बिद्यालय बन्द गर्न घोषणा गरेको छ। अन्य सेवा बन्द गर्नेबारे कुनै निर्णय नगरेपनि मन्त्रालयले विद्यालय नगाईदिन आग्रह गरेको हो।
मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।
मन्त्रालयले रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि आग्रह गरेको छ ।
यस्तै मन्त्रालयले सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थलहरु पनि सञ्चालन नगर्न तथा आम सर्वसाधारणलाई पनि सहभागी नभइदिन अनुरोध गरेको हो ।
यस्तै मन्त्रालयले कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ भएको ल्याउने ब्याक्तिलाई मात्र होटेलमा बस दिन पनि अनुरोध गरेको छ।