भारतमा कोरोनाको नयाँ रेकर्ड एकै दिन ३ लाख ४५ हजारमा संक्रमण ,

बैशाख ११ ,काठमान्डौ – भारतमा कोरोनाको नयाँ रेकर्ड देखिएको छ , एकै दिन ३ लाख ४५ हजारमा संक्रमण देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शुक्रबार बिहान सार्वजनिक गरिएको एक तथ्यांकमा यहाँ गएको २४ घन्टा यतामात्र थप ३ लाख ३२ हजारभन्दा बढी नागरिक यसका सङ्क्रमित भेटिएका छन् ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ६६ लाख २ हजार ४५६ पुगेको छ।

भारतमा यो समाचार तयार पार्दासम्म १ करोड ३८ लाख ६२ हजार ११९ जना संक्रमणमुक्त भएका छन्। तेस्तै आजको दिन सम्म भारतमा सक्रिय संक्रमितको संख्या २५ लाख ५० हजार ७८८ छ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८९ हजार ५४९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ६२१ जनाको मृत्यु भएको छ । अहिले भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा देखिएको छ ।