उपत्यकामा १६ गते देखि एक साता निषेधाज्ञा,
काठमान्डौ – काठमान्डौमा बैशाख १६ गते देखि २२ गते सम्म निषेधाज्ञा जारी गरेको छ ।काठमाडौंमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश अनुसार वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा सबै बन्द हुने भएको हो ।
तेस्तै यो आदेश सबैमा पालन अहुने र गराउने पनि काठमान्डौ जिल्ला धिकारीबाट जारी आदेशमा उल्लेख छ। यस्तै यो अवधिभर सार्वजानिक र निजि सवारी चलाउन पाईने छैन ,सभा सम्मेलनको हकमा सबै प्रकारका सभा सम्मेलन ,गोष्ठी ,सिनेमा हल,पार्टी प्यालेस ,स्विमिङ्ग पुल ,सपिङ्ग मल आदिमा अरोक लगाईएको छ।
तेस्तै सवारी साधनको हकमा सार्वजनिक एवं निजी सवारी साधनमा रोक लगाइनेछ भने अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्यलाई काठमाडौं प्रवेशमा रोक लगाइनेछ ।
अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध बोक्ने सवारी, फोहोरमैलाका सवारी विषय उल्लेख गरी सञ्चालन हुन पाउनेछन् । तेसैगरि काठमान्डौमा प्रवेश गर्ने जो कोहि क्वारेन्टिन, आइसोलेसनमा अबस्नुपरने छ अथवा कोरोन रिपोर्ट नेगेटिभ देखाउनुपर्ने छ।