विदेश जानेहरुको लागि गरिएको कोभिड १९ पीसीआर अब बारकोड वा आई एम यू अनलाईन प्रणालीबाट हेर्न मिल्ने ,
बैशाख १५ ,काठमान्डौ – विदेश जानेहरुको लागि कोभिड १९ को पीसीआर रिपोर्टको लागि सरकारले तोकेको सरकारी प्रयोगशाला तथा मापदण्ड अस्पताल आधारित ए वर्गमा परिक्षण गरिएकोलाई मात्र मान्यता दिईन भएको छ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति सार्वजानिक गर्दै यस्तो रिपोर्ट मात्र मान्य हुने जनाएको हो। तेस्यै उक्त अस्पतालमा गरिएको कोभिड १९ को पीसीआर रिपोर्ट ब्याक्तिको फोटो ,बारकोड वा आई एम यू अन्लाईन प्रणालीबाटै हेर्न मिल्ने गरि उपलब्ध हुने स्वाथ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जनाए ।