निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था खुला रहने,

बैशाख १६ ,काठमान्डौ – काठमाण्डौ उपत्यकामा निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्था एटीएम खुला रहने भएका छन् ।नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको हो ।

सङ्घले एक विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय नियमित सञ्चालन हुने जनाएको छ ।सबै शाखा कार्यालय खुला भए पनि निषेधाज्ञाको अवधिमा अत्यावस्यकका काम भन्दा बाहिर बैंक नआउन आग्रह गरीएको छ ,
तेस्तै इन्टरनेट/मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले घरमै बसी सेवालिन भनिएको छ भने पासवर्ड बिर्सीएमा वा कुनै प्रवाधिक समस्या आएमा सम्बन्धित फोन गर्न आग्रह गरिएको छ। नगद भन्दा अन्लाईनमार्फत कारोबार गर्नपनि सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।
