अल्पमतमा परेका शंकर पोख्रेललाई मुख्यमत्रीको सपथ ,

काठमाडौ – दुई पटक अल्पमतमा परिसकेका शंकर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रूपमा दोस्रोपटक नियुक्त र सपथ खाएका छन्।

आइतबार बिहानै मुख्यमन्त्रीबाट राजीनामा गरेका पोखरेल दिउँसो पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए । विपक्षी गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित वहुमत दावी गरेकै अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन ।

वैशाख ६ मा पोख्रेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।उनीविरुद्धको अविश्वासको प्रस्ताव आज दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूचि थियो ।

तर एमालेभित्रको आन्तरिक विवाद र तत्कालीन नेकपाबाट निर्वाचित सांसदले माओवादी केन्द्रमा जाने निर्णय लिँदा पोखरेले अप्ठ्यारोमा परेर नाटकीय ढंगले उनले राजिनामा गरे।

हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्य मध्ये ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दावी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केशीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए ।

तर प्रदेश प्रमुख यादवले यस अघि नै ४१ जनाको हस्ताक्षर पेस गरेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अल्पमतका नेतालाई मुख्यमन्त्री नियुक्त र सपथ गराइएकोप्रति विपक्षी गठबन्धनले आपत्ति जनाएका छन् ।

प्रदेश सभाका जो सदस्यको आडमा मुख्यमन्त्री पोखरेलले एमाले मात्रैको बहुमतको प्रदेश सरकार बनाउने दावी गरेका थिए उनीहरूमध्ये एकजनाले राजीनामा दिएका छन्, एक सदस्यले अर्कै पार्टी रोजेका छन् भने दुई सदस्यले उनको विरुद्धमा आएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।यस्तो अवस्थामा एकल बहुमतको मुख्यमन्त्री बन्न खोजेका पोखरेल शपथ ग्रहण गर्नुपूर्व नै अल्पमतमा परेका छन् ।

‘फ्लोर क्रस हुने पाएपछि लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा,