माइक्रोसफ्टका संस्थापक बिल गेट्सले गरे सम्बन्ध विच्छेद,
बैशाख २१ ,काठमान्डौ – माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन्। २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको दुवैले ट्वीटरमाफ्रत जानकारी गरेका छन्।
हामीले धेरै सोच बिचार गरेर यो निर्णय गरेका हौ ,हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं। बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अन्तिमतिर भएको थियो।
जुनबेला मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर सुरु गरेकी थिइन्। अहिले उनीहरुका तिन सन्तान छन् ,सम्बन्ध विच्छेद गरेपनि दुवैले मिलेर फाउन्डेसन चलाउने पनि उनीहरुले जानकारी गरेका छन्।