रुकुम चौरजहारी

राष्ट्रपतिबाट एकै दिन सात अध्यादेश जारी,

रुकुम आठ विसकोट

काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले एकै दिन सात वटा अध्यादेश जारी गरेकी छिन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

यसअघि विवादमा तानिएको संवैधानिक परिषद्सम्बन्धी काम कर्तब्य अधिकार र कार्यविधि अध्यादेश पनि आज समावेश रहेको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य संचालन सुपरिवेक्षण र समन्वय पहिलो संसोधन अध्यादेश ,तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियम अध्यादेश पनि जारि गरिएको हो।