देउवालाई भेट्न प्रचण्ड पुग्दा खिसिट्युरी गर्ने प्रधानमन्त्री ओली देउवाकै शरणमा ,

बैशाख २३ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली विपक्षि नेपाली कांग्रेसका सभापति देउवालाई भेट्न पुगेपछि सामाजिक सञ्जालमा चौतर्फी विवादमा परेका परेका छन्।

विश्वासको मतमा आफुलाई सहयोग माग्दै ओली हिजो देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । तर देउवाले आफूहरुले कुनै सहयोग गर्न नसक्ने जवाफ दिएका थिए ,।

हामी विपक्षी दलको हैसियतले सत्ता साझेदारी गर्न र विश्वासको मत दिने अवस्थामा छैनौं । बैठकमा सहभागी कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले भनेका थिए।

lekbesi

नेकपा माओवादीसंग मिलेर गठबन्धन सरकार बनाएका ओलीले हिजोको दिनमा शेर बहादुर देउवालाई कांग्रेसको अन्तिम प्रधानमन्त्री भएको र कांग्रेसलाई बत्ति बालेर खोज्ने दिन आउने बताउदै आएका थिए।

तेस्तै नेपालमा अब कम्युनिस्टले पचास बर्ष सरकार चलाउने भन्दै  बोलेपनि उनको सरकार झन्डै २ बर्षमा नै ढलेको छ। माओवादीले दिएको समर्थन फिर्ता लिएपछि ओली सरकार अल्पमतमा परिसकेको छ।

केहि महिना अगाडी ओलीको प्रतिगमन अलोकतान्त्रिकलाई लिएर माओवादी केन्द्रका अधय्क्ष पुष्पकमल दाहाल प्रचण्ड देउवालाई भेट्न पुग्दा ओलीले खिसिट्युरी गरेका थिए ,।

तर अहिले आफै देउवाको पाउ समाउन पुगेपछि उनलाई सामाजिक सञ्जालभरि विरोध भईरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् ।

तर गत पुस ५ गते ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेपछि उनले भंग गरेकी थिइन्। तर, प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव र स्वीकृत गर्ने राष्ट्रपतिको कदमलाई सर्वोच्चले असंवैधानिक ठहर गरिदियो ।

नेकपा माओवादी अहिले ओली नेकपा एमालेपनि फुटाईसकेका छन् ,आफ्नै पार्टीका बरिस्ठ नेता कार्यकर्ताले साथ नदिएपछि ओलीले अहिले माओवादीकै सांसद किनेका छन् भने जसपालाई गुहारेका छन्।

तर उनलाई कुनैपनि पार्टीले साथ नदिने बताउदै आएको छ ,ओलीले विश्वासको मत लिएपनि प्रतिपक्ष ठुलो दल नेपाली कांग्रेसले विपक्षमा मत राख्ने जनाईसकेको छ ।

सरकारको नेतृत्व गरिरहेका एमालेका कृयाकलाप र प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमले सरकार लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिबद्ध नदेखिएको भन्ने धारणा कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजोको भेटमा राखेका थिए ।