ओलीलाई विश्वासको मत दिन एमालेमा ह्वीप जारी
काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले आइतबार सांसदहरुलाई पत्र लेख्दै ह्वीप जारी गरेका हुन्।प्रधानमन्त्री ओलीले सोमबार दिउँसो १ बजे बस्ने प्रतनिधि सभाको बैठकमा विश्वासको मत लिँदै छन्।
ह्वीप जारी गरेपनि एमाले नेता नेपाल खनाल समूहले भने आफ्नानिकट सांसदलाई प्रधानमन्त्री ओलीको विपक्षमा मत दिने बताएको छ।